१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली र लक्जम्बर्गका समकक्षीबीच भेटवार्ता

काठमाडौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल भ्रमणमा रहेका लक्जम्बर्गका विदेश तथा युरोपेली मामिलामन्त्री जिन एसल्बोनबीच बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ। एसल्बोन दुई दिवसीय औपचारिक भ्रमणका क्रममा बुधबार बिहान नेपाल आइपुगेका हुन्। भेटमा दुई मन्त्रीबीच पारस्पारिक चासोका विषयमा समिक्षा भएको थियो। भेटमा नेपालले युरोपेली संघसहितका विभिन्न माध्यमबाट गरिरहेको सहयोगका लागि लक्जम्बर्गको भूमिकाको प्रशंसा गरेको थियो। मन्त्री ज्ञवालीले व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा आगामी दिनमा आर्थिक सहयोग अभिवृद्धिको महत्वबारे प्रकाश पारेका थिए।

लक्जम्बर्गले नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धिको प्रशंसा गर्दै समान चासो भएका विभिन्न मञ्चमा सहकार्य गर्न तयार रहेको जनाएको छ। दुई मन्त्रीकाबीचमा जलवायु परिवर्तन, कनेक्टिभिटी तथा आप्रवासी कामदार लगायतका क्षेत्रीय तथा विश्वस्तरीय विषयमा विचार आदानप्रदान भएको थियो उनीहरूबीच साझा एजेन्डामा सहकार्य गर्दै अघी बढ्ने सहमति पनि भएको छ। मन्त्री ज्ञवालीले भ्रमण प्रतिनिधिमण्डलको स्वागतमा बुधबार दिवा भोजको समेत आयोजना गरेका छन्। मन्त्री ज्ञवालीले बुधबार साँझ नेपाल–भारत कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औं वर्षगाँठ पुगेको अवसरमा लक्जम्बर्गको विदेश मन्त्रालयले आयोजना गरेको विदेश कार्यक्रममा समेत सहभागी भएका थिए। लक्जम्बर्गका विदेशमन्त्रीसहितको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटने कार्यक्रम रहेको छ।

प्रकाशित: १६ माघ २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App