१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सभामुख चयन राष्ट्रिय सभा निर्वाचन पछि : मन्त्री पुन

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुन । तस्बिर : दिनेश/नागरिक

रोल्पा- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले राष्ट्रिय सभा निर्वाचन अगाडि सभामुख चयनको टुङ्गो नलाग्ने बताएका छन्। माघी पर्व मनाउन तथा बिभिन्न औपचारीक कार्यक्रम उद्घाटन गर्न गृह जिल्ला रोल्पा पुगेका पुनले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै भने ‘राष्ट्रिय सभा चुनाव अगाडि राजनितिक रुपमा कुनै घटना हुदैनन्। सभामुखको छिनो फानो पनि चुनावपछि नै हुन्छ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पाएिका ब्यक्तिको छानबिन आयोग छिट्टै गठन हुने बताउदै पुनले भने ‘दुबै आयोगमा नयाँ अनुहारसहितको टिम आउदैछ। शान्ति प्रकृया टुङ्गोमा पुर्‍याउन यी आयोगहरु आवश्यक सहमतिका आधारमा गठन हुदैछन्।’ अबको सातामा आयोगले पुर्णता पाउने उनले बताए।

एमसीसीका बारेमा बोल्दै पुनले भने ‘सन् २००४ बाट छलफल अगाडि बढेको विषय हो। यसमा हालका सबै राजनितिक दल र सरकारहरु कुनै न कुनै रुपले प्रत्यक्ष रुपमा सम्लग्न छन्।’ उनका अनुसार सहयोग दिने र लिने दुबैको निश्चित स्वार्थ हुन्छ। मोटामोटि रुपमा स्वार्थ मिल्यो भने सहमतिमा काम सुरु हुने गर्दछ।

प्रदेश नं. ५ को नामाकरण र राजधानिका विषयमा प्रचण्डलाई ३ नं. प्रदेशमा जस्तो हस्तक्षेप नगर्न अनुरोध गरेको बताउदै उनले भने छिट्टै हाईकमाण्डले हस्तक्षेप गर्दैन। हाउसमा ब्यापक छलफल हुन्छ र प्रदेशबाट निकास निस्कन्छ। यदि अन्तिम पर्‍यो भने मात्र उच्च नेतृत्वले हात हाल्ने छ।
 

प्रकाशित: ३ माघ २०७६ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App