४ वैशाख २०८१ मंगलबार
राजनीति

'पुनःनिर्माण दिगो हुनुपर्छ'

भक्तपुर – गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछिको पुनःनिर्माण दिगो हुनुपर्ने बताएका छन्। २२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बिहीबार भक्तपुरमा भएको मुख्य कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार हुनुपर्ने बताए। उनले सम्पदाको मात्र संरक्षण नभई सोच पनि अघि बढाउनुपर्नेमा पनि विशेष जोड दिए।

संघीय सांसद प्रेम सुवालले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिममा ११ औं स्थानमा रहेको उल्लेख गर्दै बढ्दो जनसंख्या विपद्को हिसाबले चुनौतीपूर्ण भएको बताए। उनले काठमाडौं उपत्यकाभित्र खानेपानी, फोहोरमैला, अपराध, ट्राफिक जाम र प्रदुषणलगायतका समस्या दिनानुदिन बढ्दै गइरहेकोप्रति ध्यानाकर्षण गराउदै विपद्को समयमा कमजोर निर्माणकै कारण बढी क्षति हुने गरेको बताए।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरवारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझन नसक्ने बताए। भूकम्प पीडितलाई दिने पहिलो किस्ता ५० हजारले जग खनेको माटो पन्छ्याउन पनि नपुग हुने भन्दै प्रजापतिले यो नै टहरामा वस्नेको दुःख सरकारले नबुझेको प्रमाण भएको बताए। त्यसैले भूकम्प पीडितलाई दिने रकम वृद्धि गर्नुपर्ने उनको माग छ। साथसाथै पीडितलाई दिने रकम एकमुष्ट दिनुपर्नेमा पनि उनले सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुख सुशील ज्ञवालीले भूकम्प प्रतिरोधात्मक घर बनिरहेको जानकारी गराए। उनले एकमुष्ट रकम दिएको भए भूकम्प प्रतिरोधात्मक घर बन्न सम्भव नहुने बताए।

कार्यकममा एनसेटका प्रतिनिधिबाट घुडा टेकी गुडुल्की ओत लागि समातबारे प्रर्दशनी पनि गरिएको थियो। कार्यक्रमको अन्तिममा भक्तपुर दरबार क्षेत्रमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ भत्तपुरबाट राखिएको प्रर्दशनीको प्रमुख अतिथिलगायतले अवलोकन गरेका थिए।

यसअघि दुई ठाउँंबाट -याली निकालिएको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. १० लामगाल पुखुबाट सुरु भई नवदुर्गा–गछें–सकोलान–दत्तात्रय–इनाचो–गोल्मढी– सुकुलढोका–त्रिपुरासुन्दरी हुँदै दरबार स्क्वायर पुगी सभामा परिणत भएको थियो। उता उपप्रमुख रजनी जोशीको नेतृत्वको -याली भक्तपुर नपा वडा नं. १ भाज्या पुखुबाट सुरु भई इनागा–भार्वाचो–तेखापुखु– बंशगोपाल–तालाक्व–टौमढी–क्वाछें–साकोठा हुँदै कार्यक्रमस्थल दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो।

-याली सुरु हुनुअघि भक्तपुर नपा वडा नं. १० मा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटबाट विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्तुती देखाइएको थियो भने वडा नं. १ मा भनपा विपद व्यवस्थापन समितिबाट आगलागी नियन्त्रण सम्बन्धी प्रयोगात्मक प्रस्तुती र नेपाल रेडक्रस सोसाइटीबाट विशेष प्रस्तुति देखाइएको थियो। -यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारी तथा व्यवस्थापन समितिकिा पदाधिकारी, नेपाली सेना, महानगरीय प्रहरी परिसर(जगाति वृत्त), सशस्त्र प्रहरी बल। स्थानइ जनप्रतिनिधिलगायतको उपस्थिति थियो।

प्रकाशित: ३ माघ २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App