८ वैशाख २०८१ शनिबार
राजनीति

विज्ञप्ती निकाल्दै विप्लव समूह परित्याग

रोल्पा - सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समुह)को भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य भिम बहादुर विश्वकर्माले पार्टी  परित्यागको घोषणा गरेको प्रहरीले जनाएको छ। विश्वकर्माले प्रेश बिज्ञप्ती निकालेर पार्टी छोडेको जानकारी गराएका हुन्।

उनले जारी गरेको प्रेश विज्ञप्तीमा विप्लव समूहले अपराधिक गतिविधिलाई प्रशय दिई हिंसात्मक बन्न पुगेको उल्लेख गर्दै अबदेखि आफू सामान्य नागरिकको रुपमा मात्र जीवनयापन गर्ने उल्लेख गरिएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं.१२ बेलभार दाङ बस्ने विश्कर्मालाई पक्राउ गरी दाङबाट गत असार ८ गते रोल्पा ल्याइएको थियो। विश्वकर्मालाई जिल्ला प्रशासन कार्यालयमार्फत सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगतको मुद्धा चलाइएको थियो।

गत साउन ३ गते  जिल्ला प्रशासन कार्यालयले ५० हजार रुपैया धरौटी तोकेकोमा उनले धरौटी तिर्न नसक्दा सोही दिन जिल्ला कारागार रोल्पा चलान भएका थिए। प्रहरीको समन्वयमा आईतवार विश्वकर्माले धरौटी रकम तिरि प्रेश बिज्ञप्ती जारी गर्दै पार्टी समेत परित्याग गरेका हुन्। पार्टी छोड्छु भनेपछि उनका आफन्ती र सरकारी नेकपाका कार्यकर्ताले धरौटी तिरेर उनलाई कारागारबाट छुटाएका थिए।

प्रकाशित: २८ पुस २०७६ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App