४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित

फाइल फोटो

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।

आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पास गरेको हो।

बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ।

एक साता अघि देखि जारी बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्या समाधानका विषयमा सदस्यहरुले सुझाव पेश गरेका थिए।

विधान संशोधनबाट उपाध्यक्षको व्यवस्था गर्ने बाटो समेत खुलाएको छ। 

प्रकाशित: ६ पुस २०७६ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App