coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सेतो छालावाला मात्रै पर्यटक होइनन्- मुख्यमन्त्री गुरुङ

स्याङ्जा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकको वर्गीकरण छाला र देशको आधारमा गर्न नहुने बताएका छन्। दक्षिण एसियाको पहिलो होमस्टे (घरबास) सिरुबारीमा सामुदायिक भवन शिलान्यास गर्दै उनले भने, ‘सेतो छालावाला मात्र पर्यटक होइन्। पर्यटकको जात र वर्ण हुँदैन्।’

विदेशी र सेतो छालावालाई मात्र पर्यटक मान्ने पराम्परा छोड्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए। २२ घण्टा भन्दा बढी आफ्नो घर छाडेर अन्यत्र बास बस्छ उ नै पर्यटक हुने उनले दावी गरे। गरिबी निवारण र रोजगारी सिर्जनाकालागि पर्यटनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको गुरुङले बताए। 

‘ग्रामीण विकासका लागि होमस्टे कार्यक्रमको विकल्प छैन,’ गुरुङले भने, ‘होमस्टे ग्रामीण भेकको समृद्दिको मुख्य आधार हो।’ प्रदेश सरकारले प्रदेशभित्र ३ सय होमस्टे बनाउने लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७४ वटा होमस्टेमा जनही १० लाख रुपैयाँका दरले अनुदान दिएको थियो। राम्रो कार्य गरेका केहीहोमस्टेलाई पुनः ५ लाख रुपैयाँ अनुदान थप गरेको थियो। 

राष्ट्रिय योजनाआयोग र राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपाल भित्रिने पर्यटकको संख्यामध्ये ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने उनको जिकिर थियो। 

भ्रमण वर्ष २०२० लाई सम्पन्न गर्नका लागि प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटा स्थानीय तहको सदरमुकाममा पक्की बाटो पु-याउने लक्ष्य राखेका छन्। ‘उज्यालो प्रदेश गण्डकी प्रदेश’ का लागि यसै आर्थिक वर्षभित्र सबै गाउँमा बिजुली पु¥याउने प्रदेश सरकारको लक्ष्य छ। गण्डकी विश्वविद्यालय, सुविधा सहितको अस्पताल र बाल अस्पतालको लागि जग्गा खोज्ने कार्य भैरहेको छ।

प्रकाशित: २६ मंसिर २०७६ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App