१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अख्तियार प्रमुख भन्छन् : १५ सय भन्दा बढी विषय अध्ययनको क्रममा छन्

काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ। अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले यस्तो बताएका हुन्। आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्धा दर्ता भएको उनले बताए। आर्थिक वर्ष २०७५/०७६ मा ३५१ वटा मुद्धा दार्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उनले बताए। चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्धा दर्ता भएको उनले बताए।

देश संघीय संरचनामा गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले अहिले १५ सय भन्दा बढी विषयहरु अध्ययनको क्रममा रहेको बताए। अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रीत हुने उनले बताए।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताए। कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उनले बताए। "५० भन्दा कम अंक ल्याउने मुलुकमा धेरै भ्रष्टाचार हुन्छ भन्ने देखाउँछ। नेपाल त्यो भन्दा पनि धेरै तल छ। विगत वर्षभन्दा पनि यो वर्ष अझ भ्रष्टाचार बढेको छ’, उनले भने।

आयोगले स्थानीय तहहरुको उजुरीको प्रतिशत बढिरहेको जनाएको छ। भ्रष्टाचारविरुद्ध सबैलाई हातेमालो गर्न आयोगले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App