१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्घाखाँची–३ मा नेपाली कांग्रेस विजयी

विजयी उम्मेदवार नेपाली कांग्रेसका शोभाखर खनाल।

अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।

जिल्लाको मालारानी–३ मा शनिबार एक वडा अध्यक्षको लागी भएको निर्वाचनमा नेपाली कांग्रेसका खनाल १ सय छ मतले विजयी भएका हुन्। उनले एक हजार एक सय ५९ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी नेकपाका यमलाल खनालले एक हजार ५३ मत ल्याएका छन्। राप्रपाका रणबहादुर खनालले ४ मत ल्याउँदा ९ मत बदर भएका छन्।

गएको निर्वाचनमा ३६ मतले पराजित भएका कांग्रेसका शोभाखर अहिले भने मतान्तर बढाउँदै जित्न सफल भएका हुन्। कुल ३ हजार एघार मतदाता रहेको सो क्षेत्रमा २ हजार २ सय २५ जनाले मतदान गरेका थिए।

 

प्रकाशित: १५ मंसिर २०७६ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App