१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाताको उत्साहजनक सहभागिता, ८० प्रतिशत मत खस्यो

कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिबार भएको मतदान। तस्बिर : नागरिक

नेपालगन्ज- कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिबार सम्पन्न उप–निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । मतदानमा ८०.६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कुल २ हजार २६ जना मतदाता रहेकोमा १ हजार ६ सय ३४ मत खसेको थियो ।

स्थानीय सिद्धार्थ आधारभुत विद्यालयमा सम्पन्न भएको निर्वाचनको ‘क’ मतदान केन्द्रबाट ३ सय ९१ जना पुरुष र ४ सय ३९ महिला गरी कुल ८ सय ३० मत खसेको छ । यस्तै ‘ख’ मतदान केन्द्रबाट ३ सय ६० पुरुष र ४ सय ४४ महिला गरी कुल ८ सय ४ मत खसेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताए । बिहान ७ बजेबाट सुरु भएको मतदान शनिबार बेलुका ५ बजेसम्म चलेको थियो । निर्वाचनका लागि १० जना कर्मचारी तथा ८ जना स्वयंसेवक परिचालित भएका थिए ।

निर्वाचनलाई मध्यनजर गर्दै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भएका थिए । निर्वाचनको मत गणना शनिबार बेलुकाबाटै कोहलपुरको पिपरी स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु गरिएको निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए । उक्त निर्वाचनका लागि विभिन्न दलबाट प्रतिनिधीत्व गर्दै ५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट रामशरण थारु, नेपाली कांग्रेसका श्रीकृष्ण थारु, राप्रपाका श्रीधर सुवेदी, समाजवादी पार्टीको तर्फबाट शोभाकर पोखरेल र नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल प्रतिस्पर्धामा छन् । दिनभर चलेको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । ‘दिनभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो,’ उनले भने ।


 

 

प्रकाशित: १४ मंसिर २०७६ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App