१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बेरोजगारी समस्या समाधानको काम सरकारको उच्च प्राथमिकतामाः ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। बुधबारबाट काठमाडौंमा सूरु भएको युनि ग्लोबल युनियन एशीया तथा प्यासिफिक रिजनको ५ औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पारेका छन्। उनले गरिवी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यमबाट सो समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भएपनि उत्पादनमूलक उद्योग सञ्चालनको कामलाई जोड दिएको पनि स्पष्ट पारे। उनले श्रमिकहरुको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको पनि बताए। गरिवी, बेरोजगारी, भोकमरी विश्वमा बढदै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरुबीच बलियो सहकार्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।

प्रकाशित: ४ मंसिर २०७६ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App