४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुख नहुँदा सचिवालयका काम प्रभावित

काठमाडौं – प्रतिनिधिसभाको सभामुख नहुँदा संसद्बाट पारित भएर पनि पाँच विधेयक प्रमाणीकरण हुन सकेको छैन। महिला हिंसाको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपनि नयाँ सभामुख चयन हुनसकेको छैन। विधेयक प्रमाणीकरणमा ढिलाई हुँदा संसद् सचिवालयले चौंथो अधिवेशन भएगरेका कामको विषयमा जर्नल प्रकाशित गर्न ढिलाइ गरेको छ।

‘हामीले जर्नलमा पारित गरेको मिति राख्छौं, त्यसपछि प्रमाणीकरण भए प्रमाणीकरण भएको मिति राख्छौ नभएर खाली राख्छौं।’ कार्यव्यवस्था शाखाका एक कर्मचारीले बताए। संसद् सचिवालयले प्रत्येक अधिवेशन सम्पन्न भएपछि अधिवेशनभर भएगरेका कामकारबाहीको विवरण जर्नलमार्फत प्रकाशित गर्दै आएको छ।

प्रमाणीकरण हुन बाँकी विधेयकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भूमि सम्बन्धी आठौं संशोधन विधेयक र औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक रहेका छन्।

संविधानको धारा ११३ मा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेस गर्नु पर्नेछ भन्ने उल्लेख गरिएको छ। संंविधानमासभाको अध्यक्षता मात्र उपसभामुखले गर्नसक्ने भनेको छ तर तर प्रमाणीकरणको अधिकार उपसभामुखमा नभएकाले सभामुख नहुँदा प्रमाणीकरण हुन नसकेको हो। तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर राजीनामा दिएपछि सभामुख पद खाली छ। बजेट अधिवेशनमा पारित भएका १८ विधेयकमध्ये पाँच विधेयक मात्र प्रमाणीकरण हुन बाँकी छन्। प्रमाणीकरण हुन नसको विधेयक गत असोज १ र २ गते पारित भएका थिए।

प्रकाशित: ३ मंसिर २०७६ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App