१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

त्रिदेशीय विन्दु पहिल्याउन मोदी जी उदार बन्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले लिम्पियाधुरा नेपालको भएको बताएका छन्। नेपाल वैकल्पिक अध्ययन समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले लिम्पियाधुरा, कालापनी क्षेत्र नेपालको भएको बताउँदै सरकारले उचित पहलकदमीका साथ यसलाई हल गर्नुपर्ने बताए।

नेपालले दक्षिणी र उत्तरी छिमेकीबीच सन्तुलन मिलाएर आर्थिक फाइदा लिनुपर्नेमा उनले जोड दिए। 'नेपाल, भारत र चीनले कहीँ न कहीँ त्रिदेशीय विन्दु बनाउनु पर्छ', उनले भने, 'कनेक्टिभिटीको लागि पनि नेपाल दुई देशको लागि फाइदाजनक छ। नेपाल पुल बन्न सक्छ।'

लिपुलेकमा त्रिदेशीय विन्दु पहिल्याउन चीनले अप्ठ्यारो नपार्ने आफ्नो विश्वास रहेको बताउँदै उनले यो विषयमा मोदी जी उदार हुने पनि बताए। नेपालसंग राम्रो सम्वन्ध बनाउँदा छिमेकीलाई  राम्रो हुने उनले बताए। 'नेपालले पनि कुनै कार्ड प्रयोग हुन्न भन्ने विश्वास दिलाउन पर्छ', उनले भने 'सानो देशको मनोविज्ञान भारतले बुझ्न पर्छ। लाभलाभको सम्वन्धमा चल्नु सबैलाई फाइदाजनक हुन्छ।

पटक पटकका भेटमा चिनियाँ नेताहरुले भारतसंग विश्वास लिनुस् भन्ने गरेको स्मरण गर्दै नेपालले भने 'भारतले पनि त्यसो भन्दिए सजिलो हुन्छ। तर उसले जहिले पनि शंकामात्रै किन गर्छ?' हाम्रा अधिकारीले राम्रो अध्ययन गरेर नजाँदा विभिन्न बैठकमा समस्या पर्ने गरेको उनले बताए।

 

प्रकाशित: १ मंसिर २०७६ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App