१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नारायणकाजी श्रेष्ठ भन्छन्- छिट्टै मन्त्रिमण्डल हेरफेर हुन्छ

ओखलढुंगा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका आईपुगेका श्रेष्ठले यस्तो बताएका हुन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को बीचमा कुराकानी भएको र एउटै व्यक्ति पाँच वर्षसम्म मन्त्री बनिरहने गरि स्थायी नियुक्ति नगरिएकोले चाँडै मन्त्रीहरुको हेरफेर हुने उनले बताए। ‘राम्रो काम गर्नेको मनोवलमा निरासापना नआहोस् भनेर सार्वजनिक नगरिएको हो।’ प्रवक्ता श्रेष्ठले भने ‘तर छिट्टै नै मन्त्रिमण्डल हेरफेर हुन्छ।’

यसैबीच श्रेष्ठले ‘थ्रि पी’को गलत प्रयोगले नेकपा सकिने बताएका छन्। पार्टीका नेताहरु सधै पोष्ट, पावर र प्रोपर्टीमा सधै रहन चाहने र त्यसको दुरुपयोग गर्ने कार्य गरेमा पार्टी समाप्त चेतावनी दिएका छन्। पार्टीभित्र आफु मात्रै पदमा बसिरहनु पर्ने अरु अगाडी नबढुन् भनी अरुलाई निषेध गर्ने प्रबृतीको विकास भएको प्रवक्ता श्रेष्ठले औल्याएका छन्।

जनताको जनजिविकाका सवालहरुमा भन्दा पनि नेताहरु पावरको दुरुपयोग गरेर सम्पती जोड्ने कमाउ धन्दामा लाग्ने प्रवृति रहेको उनले खुलासा गरेका छन्। पार्टीमा गुटको विकासले बैचारिक बहसलाई निषेध गरेको समेत उनले बताएका छन्। गुटको संगठन निर्माण भन्दा पनि बैचारिक समुहलाई अगाडी बढाउन श्रेष्ठले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

प्रकाशित: २६ कार्तिक २०७६ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App