१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्की २ बाट धनराज गुरुङ पछि हटे, स्थानीयलाई नै टिकट दिन सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता धनराज गुरुङले कास्की क्षेत्र नम्बर २ बाट चुनाव नलड्ने भएका छन्।

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की २ मा कांग्रेसका तर्फबाट गुरुङ उम्मेदवार हुने चर्चा थियो। तर, सभापति शेरबहादुर देउवाको निवासमा उम्मेदवार छान्न जारी पदाधिकारी बैठकमा गुरुङले स्थानीयलाई टिकट दिन सुझाव दिएका हुन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमै उपस्थित भएर गुरुङले स्थानीय नेता कार्यकर्ताबाटै उम्मेदवार बनाउन उपयुक्त हुने सुझाव दिएको बताए। 

कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। सत्तारुढ नेकपाले भने यहाँ अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App