१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘चीनसँगको सम्बन्ध नयाँ उचाइमा’–प्रधानमन्त्री

फाइल फोटो

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।

राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ।’

प्रधानमन्त्री ओलीले टुइटरमा लेखेका छन्,‘उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीले मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी आज स्वदेश फकिएका छन्। रासस

प्रकाशित: २६ आश्विन २०७६ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App