१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्धो र बहिरो सरकारले संविधान संशोधन गरेनः महेन्द्रराय यादव

काठमाडौं - राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन्।

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गरे। अन्धो र बहिरो सरकारले संविधान संशोधन गरेन,’ उनको भनाई थियो,। ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्वीकार गर्ने अवस्था रहेन।’

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाइको बल मिचाइमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराए। उनले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी पनि दिए। संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाए।

 

प्रकाशित: ३ आश्विन २०७६ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App