१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

निजी क्षेत्रलाई साथमा लिएरै मुलुक समृद्ध बनाउँछौंः कावा प्रम पोखरेल

काठमाडौं– कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन्।

कावा प्रधानमन्त्री पोखरेलले मुलुकको दीगो विकास लक्ष्य हासिल गर्न पनि जिम्मेवार निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे। बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दीगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलन’ को उद्घाटन गर्दै उनले सन् २०३० भित्र नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न ३०४ खर्ब बजेट चाहिने अनुमान गरिएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रले ३६ प्रतिशत भन्दा बढि योगदान गर्न सक्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे।

कावा प्रधानमन्त्री पोखरेलले निजी क्षेत्रलाई साथमा लिएरै मुलुकलाई समृद्ध बनाउने काममा सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए।

प्रकाशित: १९ भाद्र २०७६ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App