१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'शुल्क नघटाए आन्दोलन'

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले मनपरी ढंगले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने जनाएको छ। संघका नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै सोमबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने र साउन १० सम्म शुल्क वृद्धिको विषयमा ठोस निर्णय नलिए सडक आन्दोलनमा उत्रिने जनाएको हो।

संघका पूर्व पदाधिकारी र सदस्यहरुले देशकै समग्र शिक्षा प्रणाली नै महंगो भएकाले त्यसलाई नियन्त्रणमा लिन सरकारसँग माग गरेको छ। सरकारी उच्च तहका कर्मचारीको तलब नै ३८ हजार मात्र रहे पनि उसले आफ्नो बच्चाको पढाइमा पचासौं हजार खर्च गर्न गरेको सुनाउँदै संघका नेता लिलावल्लभ दाहालले भने, ‘शिक्षा महँगो हुँदा भ्रष्ट्राचार मौलायो। त्यसैले शुल्क समायोजन गर्नुपर्छ।’ सरकार र खासगरी सम्बन्धित निकायले शैक्षिक संस्थाहरुको मनपरी रोक्नका लागि नियमित अनुगमन गर्नुपर्नेमा

जोड दिँदै दाहालले भने, ‘पछिल्लो एक दशकमा सरकारले अनुगमन नै गरेको छैन। अनुगमन गर्ने निकायममा कार्यरत व्यक्तिकै ती संस्थाहरुमा लगानी छ।’
संघका नेता मनहरि श्रेष्ठले अभिभावककहरुको ढाड सेक्नेगरी गरिएको अवैज्ञानिक शुल्कवृद्धि तत्काल खारेज गर्नुपर्ने धारणा राखे। सरकारले शुल्कवृद्धि फिर्ता गर्न कुनै पहल नगरे सडक आन्दोलनमा उत्रिने जनाउँदै उनले भने, ‘सरकारले एमबिबिएससहित मेडिकल शिक्षा अध्ययनमा एक किसिमको मापदण्ड कार्यान्वयनमा ल्याइयोस्।’

प्रकाशित: ५ श्रावण २०७६ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App