६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दीपक मनाङे जस्ता 'वौद्धिक' भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विहान समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाइ पार्टी प्रवेश गर्न आग्रह गरे।

दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीका नेता देवेन्द्र पराजुली, कल्पना धमला लगायलाई पार्टी प्रवेश गराउँदै डा. भट्टराईको वौद्धिकताको प्रयोग गर्नको लागि पनी उनी नेकपामा आउनु पर्ने बताएका थिए।

तर त्यसको केही घण्टामा नै डा. भट्टराईले दाहाललाई जवाफ दिएका छन्। उनले ट्वीट गर्दै दीपक मनाङे जस्ता 'बौद्धिक' भएको पार्टीमा अरु बौद्धिकहरु पनि आवस्यकर पर्छ र? भन्दै जवाफ दिएका छन्।

उनले भनेका छन् 'कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र?'

प्रकाशित: २० असार २०७६ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App