१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बिरालोले खाँबो चिथोरे जस्तै कांग्रेसले गर्‍यो: भट्टराई (भिडियाे)

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसप्रति कडा टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुदै उनले भने ‘मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला भनेको त भोलिपल्ट आएर झन रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाले।’

विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गरेका छन्। उनले प्रजातन्त्रवादीको श्रीपेच लगाईदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताएका हुन्।

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्परा विपरित भएको तर्क उनले गरे। उनले आफुलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै उनले प्रतिनिधिसभामा नियमावलीको दफा १२ मा दैनिक कार्यसुचीको बारेमा उल्लेख भएको र त्यसलाई ससदमा रहेका सबैले मान्नुपर्ने बताए।

उनले भने ‘सभामुखका आदेश मान्दैनौ? नियम मान्दैनौ। कानुन मान्दैनौ । संविधान मान्दैनौ। किन कि हामी दुनियाले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ। संविधान नमानेपछि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाईएकै छ। त्यसकारणले संविधान मान्दैनौ। कानुन मान्दैनौ। कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ।

उनले आगामी दिनमा यस्ता क्रियाकलापप्रति पुर्नविचार गर्न पनि आग्रह गरे। उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गरे।

उनले भने ‘विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ। त्यसकारण बेलायतको अभ्यास के थियो? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला।’

प्रकाशित: ५ असार २०७६ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App