१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलाली र कञ्चनपुरका हुरी पीडितलाई राहत र क्षतिपूर्ति दिन कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा हावाहुरीबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार तथा मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।

कांग्रेसले कैलाली र कञ्चनपुरमा राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई स्थगित गर्दै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि तथा पार्टी नेता कार्यकर्तालाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न निर्देशन समेत दिएको छ।

कैलाली र कञ्चनपुरमा विहीबार साँझको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी व्यक्ति घाइते छन्। भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App