१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मानव संशाधनको विकास उच्च प्राथमिकताः खतिवडा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताएका छन्। अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले मानव संशाधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको पनि स्मरण गराए।

अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि बताए। उनले तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकारले मानव संशाधनको विकास कार्यक्रममा केन्द्रित हुनु परेको पनि बताए।

प्रकाशित: २२ जेष्ठ २०७६ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App