१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाका ४४१ केन्द्रीय सदस्यको कार्यविभाजन भोलि

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यहरुको कार्यविभाजन बुधबार टुङ्गो लाग्ने भएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यविभाजनको कार्यसूचीमा आज बसेको सचिवालय बैठकमा छलफल शुरु भएको छ। ‘छलफल सहमति नजिक पुगेको छ। बुधबार केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौँ।’

एकतापछि नेकपामा ४ सय ४१ केन्द्रीय सदस्य छन्। नेकपाको यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो।

पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताए। पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन। सचिवालयको बैठक बुधबार १२ बस्ने बताइएकाे छ।

प्रकाशित: २१ जेष्ठ २०७६ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App