५ आश्विन २०७७ सोमबार
राजनीति

सरकारले लोकतन्त्रमाथि हमला गर्‍योः देउवा

फाइल तस्बिर

काटमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्।

सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे। गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले लोकतन्त्रको लागि लडेको काँग्रेसले नै यसको रक्षा गर्नुपर्ने पनि स्पष्ट पारे। 'जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ सभापति देउवाको भनाई थियो,।प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

सभापति देउवाले लोकतन्त्रका लागि फेरी संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको पनि स्मरण गराए। उनले धेरै ठूलो लडाई, त्याग र तपस्याको प्रतिफल प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। लोकतन्त्रका लागि काँग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोली पनि गर्ने’ सभापति देउवाको भनाई थियो।

प्रकाशित: १५ जेष्ठ २०७६ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App