१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोदीलाई प्रधानमन्त्री ओलीको वधाई

फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई ज्ञापन गरेका छन्। लोकसभा निर्वाचनमा एक बहुमत प्राप्त गर्ने संकेत गरेका मोदीलाई निर्वाचनको नतिजा अगावै वधाई दिएका हुन्। ओलीले ट्वीट गर्दै भनेका छन्, 'लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्दछु। तपाईको सफलताको शुभकामना। तपाईसँग निकट सहकार्य हुने नै छ।'

भारतमा आज विहानदेखि लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। निर्वाचनका अधिकांस स्थानमा भारतीय जनता पार्टीले अग्रता लिएकोछ। विजेपी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App