सुर्खेत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् भेरी ब्यूरो इन्चार्जसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–५ भर्लेनीबाट मंगलबार केन्द्रीय सदस्य बलबहादुर वली ‘सितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यामराज’लाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट पार्टीका विभिन्न दस्तावेजहरु बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित: ७ जेष्ठ २०७६ १२:३१ मंगलबार