१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ईश्वर पोखरेलको चेतावनीः विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्छ

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले विचारमा स्पष्टता नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिएका छन्। 

तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९औं स्थापना दिवसका अवसरमा राष्ट्रियसभामा आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले एकताबद्ध कम्युनिस्ट पार्टी नयाँ ढंगले अघि बढ्दा विचारमा स्पष्टता हुनैपर्ने बताए। 

तत्कालिन समयमा एमाले र माओवादी आ–आफ्नो हिसाबले अगाडि बढेको बन्दै एकताबद्ध भइसकेपछि पनि विचारमा अस्पष्टता भयो भने त्यसले आफूहरुलाई अगाडि बढ्न नदिने उनको तर्क छ। 

‘विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी एकताबद्ध भएर ठूलो त बन्ला तर यसले निर्णायक जित हासिल गर्न सक्दैन’, उनले भने, ‘संसारमा कम्युनिस्ट पार्टी ठूला बने, राज्यसत्ता कब्जा गरे, शासन सञ्चालन गरे तर ति कम्युनिस्ट पार्टीहरु पुँजीवादीले एउटा पनि गोली प्रहार नगरीकन तासका महल ढलेजस्तो भएर ढले। एकताबद्ध भएको हाम्रो कम्युनिस्ट पार्टी त्यस्तो हुनुहुन्न। सबैले खबरदारी गर्नुपर्ने जरुरी छ।’

विचारमा स्पष्टता कायम नगरे दुर्भाग्यपूर्ण परिस्थिती आउने र त्यो आफूहरुले भोग्न नचाहेको बताउँदै उनले संविधानको सर्वाेच्चता, कानूनको शासन, नियन्त्रण र सन्तुलन, मानवधिकार, शान्तिपूर्ण प्रतिस्पर्धालाई मान्ने हिसाबको कम्युनिस्ट पार्टी बनाउनुपर्नेमा जोड दिए। 

अबको राजनीति आर्थिक विकास र समृद्धिको कुरामा केन्द्रीत हुनुपर्ने र यसका लागि छलफल र बहस हुनुपर्नेमा जोड दिँदै पोखरेलले भने, ‘त्यो नभएर निश्कर्षमा पुगेनौं भने न हाँसको चाल हुन्छ न कुखुराको चाल हुन्छ। त्यो आउन दिनु हुँदैन।’ 

पार्टी नीति कार्यक्रम, योजना र आचरणमा स्पष्ट हुनुपर्ने भन्दै उनले नत्र पार्टीमा ठूलो भए पनि विचार स्पष्ट नहुँदा दिशाहिन हुने उनको चिन्ता छ। ‘विचारको मामिलामा स्पष्टका साथ अघि बढ्नुपर्छ। यो कुरामा युवाहरुको ध्यान पुग्नुपर्छ’, उनले भने।  

प्रकाशित: १ जेष्ठ २०७६ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App