७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सिंहदरबारमा 'सिंह'लाई नै पठाउनु पर्छ: अशोक राई

586570258500670

काठमाडौं– समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले सिंहदरबारमा साँच्चै 'सिंह'लाई नै पठाउनु पर्ने बताएका छन्।

पार्टी एकता घोषणा सभामा बाेल्दै सिंहदरबारमा 'स्याल'लाई पठाएर सुशासन नआउने बताए। 'सिंहदरबारमा साच्चै सिंह बस्नुपर्छ। तर आजकाल सिंहदरबार छेउमा जाँदा स्याल कराएको सुनिन्छ,' उनले भने,  'सिंह कहाँ गए भनेको त प्रज्ञा भवन आएका रहेछन्।'  उनले आफूहरूले मात्र सुशासन र संघीयताको रक्षा गर्नसक्ने दाबी गरे।

उनले अब  देशमा  पहिचानवादी र पहिचान विरोधि दुई पार्टी मात्रै रहेको बताए। उनले दुई वर्षदेखि नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता प्रयास भएको बताए।

प्रकाशित: २३ वैशाख २०७६ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App