१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाजवादी पार्टी एक नम्बर पार्टी बन्छः मुख्यमन्त्री राउत

काठमाडौं – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजवादी पार्टी, नेपाल देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

समाजवादी पार्टी, नेपालको एकता घोषणा सभामा बोल्दै मुख्यमन्त्री राउतले अब आफ्नो पार्टी वैकल्पिक नभई पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। उनले संघीयता कार्यान्वयन यही पार्टीले मात्र गर्न सक्ने दाबी गरे।

'अहिले सुशासन, संघीयता कार्यान्वयनमा समस्या देखिएको छ। त्यो समस्या समाधान गर्न हाम्रो पार्टीले मात्र सक्छ,' उनले भने। राउतले आफूहरूको पार्टी पूर्ण समानुपातिक रहेको दाबी गरे। 'बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई जस्ता शीर्ष नेता यहाँ हुनुहुन्छ।

कांग्रेस, नेकपाको शीर्ष तहमा यति समावेशी छ?' उनले भने, 'हिजो हामीलाई क्षेत्रीयतावादी र जातीयतावादी भन्नेलाई अब चुनौती दिन सक्छौं। हाम्रो पार्टीले मात्र देशलाई निकास दिनसक्छ।'

उनले अब पार्टीलाई एक नम्बर बनाउन संगठन निर्माण र विस्तारमा लाग्नुपर्ने बताए।

प्रकाशित: २३ वैशाख २०७६ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App