१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राणाकालदेखि चलेका रेल र स्टिमरलाई नयाँ आविष्कार भन्ने !

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले काम भन्दा प्रचार धेरै गरेको बताएका छन्। राणाकालदेखि चलेका रेल र स्टिमरलाई नयाँ आविष्कारको रुपमा प्रचार  गरिरहेको बताए। नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले भारतमा प्रस्तावित १११ प्रमुख जलमार्गहरु मध्य एउटामा जोडिन पनि अझै धेरै गृहकार्य गर्न बाँकी रहेको बताए।

वर्तमान कम्युनिस्ट सरकारलाई देशमा पुँजी सिर्जना कसरी हुन्छ,लगानी कसरी बढाउन सकिन्छ, रोजगारी कसरी विस्तार हुन्छ, त्यसको ज्ञान नभएको आरोप लगाए। 'यसका लागि चाहिने सीप, जाँगर र इमान्दारी यो सरकारको नेतृत्वसँग छैन भन्ने हाम्रो ठहर छ', उनले भने।

बढ्दो व्यापारघाटालाई सम्वोधन गर्ने कुनै गम्भीर कार्ययोजना सरकारसँग नभएको उनको भनाइ छ। कृषिजस्तो महत्वपूर्ण क्षेत्रमा एकवर्षमै सम्पन्न हुने विश्वसनीय कार्यक्रम नीति तथा कार्यक्रममा नभेटिएको भन्दै अनसन्तुष्टि व्यक्त गरे।

एक वर्षमा सम्पूर्ण जनसंख्यालाई स्वास्थ्य वीमामा आवद्ध गर्ने कुरा गरिए पनि यो सरकारको कार्यशैलीले गर्दा यसको एक छेउपनि कार्यान्वयन हुने आधार नभएको उनले बताए।

 

प्रकाशित: २२ वैशाख २०७६ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App