१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु गलत होइनः प्रधानमन्त्री ओली (भिडियाे सहित)

काठमाडौँ–आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपाल सरकारलाई ‘मेरो सरकार’ भन्नु कुनै गल्ती नभएको भन्दै त्यो अन्तर्राष्ट्रिय चलन भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्।

राष्ट्रपति भण्डारीले शुक्रबार संसदको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेपाल सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले बारम्बार मेराे सरकार भनेको विषय विवादमा परेपछि राष्ट्रपतिको बचाऊमा प्रधानमन्त्री ओली बोलेका हुन्।

शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा सरकारको नीति तथा कार्यक्रमका विषयमा सञ्चार जगतमा भएको प्रश्नलाई उत्तर दिदैँ प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका विषयमा आलोचना गर्नु पर्ने विषय नै नभएको पनि दाबी गरे।

‘छिमेकी देश भारतका राष्ट्रपतिले पनि संसदलाई सम्बोधन गर्र्दा ‘मेरो सरकार’ भन्ने चलन छ, त्यो अन्यत्र देशमा पनि छ’, प्रधानमन्त्री ओलीले भने,‘ राष्ट्रपतिले सरकारको अपनत्व लिएर नै संसदमा सम्बोधन गर्न आउने हुँदा सरकारलाई ‘मेरो सरकार भन्नु उचित छ।’

सोही प्रसङ्गमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामी भर्खर भर्खर राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रमा प्रवेश गरेको यो अवस्थामा फेरी राजतन्त्रको झल्को केही व्यक्तिलाई आएको हुनसक्छ। झल्को नमान्दा हुन्छ।’

प्रमुख प्रतिपक्ष दलका नेताहरूले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा मात्रै भएको आरोप लगाउँदै गर्दा प्रधानमन्त्री ओलीले विरोधका लागि मात्रै विरोध गर्ने परिपाटी ठीक नभएको बताएका हुन्। ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा कहाँ अस्पष्टता छ त्यो बताउँदा उचित हुन्छ,’प्रधानमन्त्री ओलीले भने,‘सरकारको कमजोरी नबताई समग्र कार्यक्रमका विषयमा आलोचना गर्नु ठीक होइन।’

विकास निर्माणका कार्यमा सरकारले द्रुततर काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भेरी बबई सुरुङ मार्ग त्यसको नमुना भएको दाबी गरे। ‘सरकारले विकास निर्माणका कार्यमा ढिला सुस्ती ग-यो भन्ने आरोप लगाउनेलाई म भेरी बबई सुरुङ मार्ग निर्माणमा भएको प्रगति हेर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीले भने।  भेरी बबई सुरुङ मार्ग तोकिएको समयभन्दा एक वर्षअघि निर्माण सम्पन्न भएको हो।

प्रधानमन्त्रीले भने वर्तमान सरकारको पालामा नेपालले गरेको आर्थिक वृद्धिले पनि सरकारका काम प्रभावकारी ठङ्गमा अघि बढेको प्रस्ट पार्छ। नेपालको आर्थिक वृद्धि ६ दशमलभ ५ प्रतिशतका हिसाबमा भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचना मात्रै हौइन काम पनि हेर्न सञ्चार जगतलाई आग्रह गरे।

आफू नेतृत्वको सरकार भष्टचारमा शुन्य सशनशीलता अपनाउने प्रधानमन्त्रीले दोहाे-याएका छन्। ३८ किलो सुन काण्ड, वाइडबडी काण्ड, बालुवाटार जग्गा अतिक्रमणको विषयमा आफ्नै सरकारका पालामा बाहिर आएको बताउँदै प्रधानमन्त्री ओलीले दोषीलाई कारवाही गरिने आश्वस्त पारेका छन्।

‘३८ किलो सुन प्रकरण अर्कै सरकारका पालामा भए पनि मेरो नेतृत्वको सरकारले त्यो विषयलाई उजागर गरेको हो, यो मुद्दासँग सम्बद्ध केही व्यक्ति कारवाहीमा पनि परेका छन्, अन्य पनि पर्छंन्,’ प्रधानमन्त्रीले भने। जुन सरकारले यी विषयलाई बाहिर ल्यायो त्यही सरकार त्यसको कोपभाजनमा पर्नु दुःखद भएको उनले बताए।

प्रकाशित: २१ वैशाख २०७६ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App