१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्रीको दाबी– २० महिनाभित्र भूकम्पले भत्काएका सबै संरचना बन्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब २० महिनाभित्र २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएका सबै संरचना निर्माण भइसक्ने दाबी गरेका छन्। 

गोरखा भूकम्पको चौथो स्मृतिसभाको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरू निर्माण भइसक्ने दाबी गरेका हुन्।

‘अबको २० महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन’, प्रधानमन्त्री ओलीले भने, ‘पुनर्निर्माणमा कुनै विवाद नझिक्नुहोस्। उनले सम्पदा निर्माण गर्दा यसको ऐतिहासिकतालाई पनि तोडमोड गर्न नहुने बताए। 

प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको  त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरूको निरक्षण गरे। प्रधानमन्त्री ओली बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे।

प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउनसमेत निर्देशन दिए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App