१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास गरिरहेका छौं : गृहमन्त्री

प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा सहभागि गृहमन्त्री रामबहादुर थापालगायत। तस्बिरः चुमन बस्नेत

विराटनगर-  गृहमन्त्री रामबहादुर थापाले नेकपाको सरकार बनेपछि  शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्। विहीबार विराटनगरमा प्रदेश १  स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्।

थापाले एक वर्ष पहिलेको तुलनामा देशको शान्ति सुरक्षाको अवस्था सुधार हुँदा अपराधिक घटनामा पनि कमी आएको बताए। थापाले भने‘ एक वर्ष पहिलेको तुलनामा शान्ति सुरक्षा आधारभूत रुपमा सुधारिएकाले  अपराधिक घटनामा  कमी आएको छ।’ थापाले सरकारले अपाराधिक क्रियाकलाप नियन्त्रणमा अबलम्बन गरेका विभिन्न रणनीति र कार्यक्रमहरू प्रभावकारी भएको बताए।

विखण्डनकारी गतिबिधि गर्ने समूह राजनीतिको मुलधारमा आइसकेको, अन्य समूहहरूलाई पनि मुल धारमा ल्याउने प्रयास भइरहेको गृहमन्त्री थापाले बताए। उनले भने ‘विप्लव लगायतका सबै समूहलाई राजनीतिको मूलधारमा ल्याउने प्रयासमा सरकार लागेको छ।’ विभिन्न समूहहरूलाई राजनीतिको मूलधारमा ल्याउन नियन्त्रण र वार्ता दुवै रणनीति सरकारले अघि सारेको थापाको भनाई छ। ‘सरकारले विभिन्न समूहहरूलाई राजनीतिको मूलधारमा ल्याउन नियन्त्रण गर्ने र वार्ता तथा संवाद मार्फत पनि समस्या समाधानको प्रयास गरिरहेको छ।’ थापाले नेकपाको एकता प्रकृया टुंगोमा पुगेकाले पार्टी भित्रको वेथिति र असहमतिहरू हटेको बताए। एकीकरण भएको पार्टीलाई थप मजवुद बनाउन एकीकरणले मद्दत गर्ने धारणा राखे। कार्यक्रममा प्रदेश १का १४ वटै जिल्लाका नेपाल प्रहरी र शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग, नेपाली सेना, प्रदेशका सुरक्षा निकाका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरूलगायत सहभागि छन्। बुधबारदेखि सुरू भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठी बिहीबार सम्पन्न हुने छ।

 

प्रकाशित: १२ वैशाख २०७६ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App