१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फेवातालको पानीमुनिको जग्गा पनि बेच्न सक्छन् : युवा नेता पौडेल

दुलेगौँडा (तनहुँ)– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भूमाफियाहरुले फेवातालको पानीमुनिको जग्गा पनि बेच्नसक्ने आशंका गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेर बेच्ने सक्नेले फेवातालको पानीमुनीको जग्गा पनि बेच्नसक्ने टिप्पणी गरेका हुन्। तनहुँको ढोरफिर्दीमा आयोजित कार्यक्रममा उनले मुलुकलमा भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको दोहन बढ्दै गएको बताए। ‘नियमन गर्न तीनै तहको सरकारले ऐन बनाएर लाग्नुपर्ने देखिन्छ’, नेता पौडेलले भने। 

लोकतान्त्रिक शासन प्रणालीमा जनताको मत पाएका जनप्रतिनिधीहरु असीमित शक्तिशाली भए पनि भ्रष्टचार रोक्नेतर्फ नलागेको उनको आरोप छ। उनले प्रदेश सरकारले वार्षिको बजेटको २५ प्रतिशत र केन्द्र सरकारले ५० प्रतिशत पनि खर्च गर्न नसक्ने स्थिति देखिएको बताए। ‘पैसा नभएर काम नभएको हैन’, उनले भने, ‘पैसा प्रयोग गर्न नजानेर काम नभएको हो।’ विकास र समृद्धिसँग राजनीति जोडिनुपर्छ भन्नेमा कांग्रेस सधैं सचेत रहने नेता पौडेलले जिकिर गरे। 

पछिल्लो समय अक्षम नेतृत्वको कारण काम गर्न नसक्दा अहिलेको व्यवस्था र संविधानमाथि नै प्रश्न उठ्न थालेको बताए। ‘अक्षम नेतृत्वले काम गर्न नसक्दा जनतामा निरासा बढेको छ। यसले गर्दा व्यवस्था र संविधानप्रति पनि प्रश्न उठ्न थालेको छ’, उनले भने, ‘तर व्यवस्थाको दोष हैन। यो त केपी–प्रचण्डको नालायकीपन हो।’

 

प्रकाशित: ४ वैशाख २०७६ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App