१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नै पार्टीको मौनताविरुद्ध नेविसंघको खबरदारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाई बलियो सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा पनि प्रतिपक्षी दल कांग्रेस मौन बसेको भन्दै भ्रातृ संगठन नेपाल विद्यार्थी संघले खबरदारी गरेको छ। 

सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि जनताको भावनाअनुरूप काम गर्न नसकेको त्यसमा प्रतिपक्षी दल कांग्रेसले मौनता देखाएको भन्दै नेविसंघले आफ्नै पार्टीविरुद्ध खबरदारी गरेको हो।

नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरूले शुक्रबार सरकार र पार्टीविरुद्ध खबरदारीसभा गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाए। सरकारको अराजकतामा कांग्रेस नेतृत्व मौन रहेको भन्दै आक्रोश पोखे। 

‘हाम्रो पार्टीका सभापति पार्टी कब्जा गर्न व्यस्त हुनुहुन्छ, उता प्रधानमन्त्री देश कब्जा गर्न खखोज्दै छन्’, उनले भने, ‘दुवै अधिनायकवादी नेतृत्वको खिलापमा हाम्रो अभियान हो पार्टी सभापति गुटभन्दा माथि उठेर समग्र पार्टीको नेता बन्न अनुरोध गर्दछु।’ 

कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा नेविसंघका नेताहरू डिल्लीराम सुवेदी, माधव ढकाल, सुशील भट्ट, युवराज पाण्डे, जित शेरचन ,गणेश सापकोटा , ईश्वर अधिकारी, विपिन अधिकारी, नमराज त्रिपाठी, हरी आचार्यलगायतदे सम्बोधन गरे।  

सरकारको अराजकतामा कांग्रेसले मौनता साँधेका कारण आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध खबरदारी गर्नुपरेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए।

 

प्रकाशित: २९ चैत्र २०७५ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App