२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

हावाहुरी बन्यो बाहना

काठमाडौं - पुर्व निर्धारित मितिमा राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन नहुने करिब करिब निश्चित भएको छ। महाधिवेशन सार्नका लागि राजपाका नेताहरूले विभिन्न बाहना खोजेका छन्। पार्टी स्रोतका अनुसार उनीहरूले सबैभन्दा भरपर्दो बाहना केही दिनअघि बारा र पर्सामा गएको हावाहुरीलाई बनाउने भएका छन्। बारा र पर्सामा राहत वितरणमा पार्टीक नेता तथा कार्यकर्ता व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनका लागि तयारी गर्न नभ्याएको राजपाका नेताहरूको दाबी छ। यसको संकेत गर्दै राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भने, ‘अहिले महाधिवेशनको कुरा छाड्नुहोस्। बारा–पर्सामा यत्रो हावा हुरी आएको छ। हामी सबै यतै व्यस्त छौं। यस्तो बेला महाधिवेशनबारे प्रश्न नै नगर्नुहोस्।’

राजपाका नेताहरुले केही दिनअघि जनमुक्ति पार्टीका केही नेतालाई आफ्नो पार्टीमा भिœयाएका थिए। जनमुक्ति पार्टीसँग पार्टी एकीकरण गरिएको बाहना पनि देखाउँदै राजपाका नेताहरूले वैशाखमा तोकिएको महाधिवेशन सार्ने भएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष विर्खेशचन्द्र लालले पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न राजपाको नेतृतत्व इमान्दार नभएको बताउँदै महाधिवेशन सार्न अहिले अनेक प्रयास भइरहेको बताए। उनले भने, ‘पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न हामी चारजना पार्टीका वरिष्ठ उपाध्यक्ष र सहअध्यक्षहरूले पार्टीका अध्यक्षमण्डलका सदस्यहरूलाई भेटी निर्धारित समयमा महाधिवेशन गर्न ध्यानाकर्षण गराएका थियौ तर हाम्रो कुरामा उनीहरूले चासो देखाएनन्।’

राजपाका महासचिव केशव झाले भने बारा–पर्सामा आएको हावाहुरी र जनमुक्ति पार्टीसँग गरिएको एकीकरणका कारण वैशाखमा हुने भनिएको महाधिवन केही समय पर सार्ने सम्भावना प्रबल देखिएको बताए। राजपाको अध्यक्षमण्डलको बैठक सोमबारदेखि बस्दैछ। अध्यक्षमण्डलको बैठकपछि पदाधिकारीको बैठक बोलाइएको छ। अध्यक्षमण्डल तथा पदाधिकारीको बैठकले महाधिवेशनबारे टुंगो लगाउने झाले जनाए। राजपाले चैत १५ सम्म सदस्यता वितरण गर्न समय तोकेको थिए। अहिलेसम्म तल्लो तहमा अधिवेशनको प्रक्रिया अघि बढेको छैन। राजपाको विधानअनुसार राजपाका महाधिवेशन हुनुअघि मातहतका ६ वटा तहमा अधिवेशन हुनुपर्छ।

पूर्वनिर्धारित तिथि वैशाख ७ देखि ९ मा राजपाको महाधिवेशन हुन सकेन भने पार्टी गठन भएको दुइ वर्षसम्म पनि राजपाले महाधिवेशन गर्न सक्दैन। निर्वाचन आयोगमा पार्टीले बुझाएको विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता गरिएको छ। २०७४ वैशाख ७ मा तत्कालीन ६ पार्टीवीच एकीकरण भई राजपा गठन गरिएको थियो। पार्टी गठन हुँदा राजपाका नेताहरूले एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए। एक वर्षभित्र महाधिवेशन गर्न नसकेपछि उनीहरुले पार्टीको विधान संशोधन गरी दुइ वर्षभित्र महाधिवेशन गर्ने जनाएका थिए। एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता उनीहरुले निर्वाचन आयोगमा समेत गरेका थिए। आयोगले त्यसलाई आधार मानी तत्काल महाधिवेशन गर्न राजपालाई गत असारमा पत्राचार गरेका थिए। आयोगको ताकेता पछि राजपाका अध्यक्षमण्डलका सदस्यहरूले विधान संशोधन गरी दुई वर्षभित्र महाधिवेशन गर्ने जनाएका थिए।

महाधिवेशन सार्न गरिएको विधान संशोधनलाई उनीहरूले आयोगमा पनि बुझाएका छन्। विधान संशोधन गर्न राजापका नेताहरुले त्यती गाह्रो छैन। अध्यक्ष मण्डलका सदस्यहरुले विधान संशोधन गर्न सक्ने अधिकार अध्यक्षमण्डललाई दिइएको छ। यो अधिकारलाई प्रयोग गर्दै अध्यक्ष मण्डलका सदस्यहरुले अहिलेसम्म्म दुईपटक विधान संशोधन गरीसकेका छन्। अध्यक्ष मण्डलका सदस्यहरुलाई विधान संशोधन गर्ने दिइनु अधिकार लोकतान्त्रिक पद्धतिभित्र नपरेको लालले बताए। उनले भने, ‘यस्तो बुँदालाई निर्वाचन आयोगले कसरी स्विकार ग¥यो ? मैले बुझ्न सकेको छैन।’

राजपाको महाधिवेशन बैशाखबाट सर्ने हो अध्यक्षमण्डलका संयोजक हुने अवसर राजकिशोर यादवले पाउनेछन्। अहिलेसम्म राजकिशोर र अनिल झाले एकपटक पनि संयोजक हुन पाएका छैनन्। चक्रीय प्रणाालीका आधारमा दुई÷दुई महिनामा संयोजक परिवर्तन हुने परम्परा भए पनि अहिलेसम्म यादव र झाले यस्तो अवसर पाएका छैनन्। चैत ४ बाट संयोजकमा शरत्सिंह भण्डारी छन्। उनको पालो जेठ ४सम्म रहने छ। त्यसपछि यादव संयोजक हुनेछन्। यादवपछि झाको पालो आउने छ। यता महाधिवेशनपछि पनि बहुअध्यक्षीय प्रणाली कायम रहने कि एकल नेतृत्वमा जाने भन्ने विवाद अmै टुंगो लागेको छैन। निर्वाचन आयोगमा बुझाएको विधानमा महाधिवेशन पछि पनि अध्यक्षमण्डलका कायम हुने छ भनी प्रष्टसँग लेखिएको छ भने कार्यकर्तालाई बाँड्न छापिएको विधानमा सो व्यवस्था हटाइएको छ।

प्रकाशित: २५ चैत्र २०७५ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App