१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रश्नपत्र बाहिरिनु नालायकीपनको पराकाष्ठा : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारी र नालायकीपनको पराकाष्ठा भएको आरोप लगाएको छ। 

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै एसईईको प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिएर समय तालिका भित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकीपनको पराकाष्ठा भएको आरोप लगाएको हो।

प्रश्नपत्र बाहिरिएकोमा सरकारका पदाधिकारीले एक अर्कोलाई जिम्मेवारी थोपर्नु सरकार र सरकारका पदाधिकारीहरुको गैरजिम्मेवारी कार्य भएको कांग्रेसको निष्कर्ष छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

परीक्षा स्थगित भएर विद्यार्थी र अभिभावकमा पर्न गएको पीडाको लागि सरकारले माफी माग्दै दोषीमाथि कारवाही गर्न र स्थगन भएको परीक्षाको अविलम्ब मिति तय गर्नसमेत कांग्रेसले माग गरेको छ। 

यसैगरी, शिक्षा सेवा आयोगबाट लिइएको शिक्षकहरुको आन्तरिक परीक्षामा अनुत्तिर्ण भई खाली भएको स्थानमा यथाशीघ्र पदपूर्ती गर्न कांग्रेसले माग गरेको छ।

अवकाश हुने शिक्षकहरुको मागको बेवस्ता गर्दै रिक्त हुने शिक्षकहरुको संख्या व्यवस्थापन नगरी मावि तहमा ११०८, निमावि तहमा १६३५, र प्रवि तहमा ९९९६ शिक्षकलाई अवकाश दिने सरकारको परिपत्र तथा  निर्देशन गैरजिम्मेवारपूर्ण कार्य भएको कांग्रेसको ठहर छ।

प्रकाशित: १७ चैत्र २०७५ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App