१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता भन्छन्, ‘कम्युनिस्टसँग लड्न राजाभन्दा गाह्रो’

सिन्धुली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई गुटको राजनीति नगर्न आग्रह गरेका छन्। कांग्रेसको सिद्धान्त, मूल्य मान्यतालाई आत्मासाथ गर्न अनुरोध गर्दै गुटको राजनीति नगर्न अनुरोध गरेका हुन्। 

नेपाल शिक्षक संघ सिन्धुलीको २१ औं जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले नेता तथा कार्यकर्ताले पौडेल र देउवा भन्ने सिद्धान्त त्याग्नुपर्ने बताए। ‘अब पौडेल र देउवा भनेर नलाग्नुस्’, उनले भने, ‘कांग्रेसको सिद्धान्तमा मात्रै लाग्नुस्।’ नेतृत्वमा सोच्ने बोल्ने र बोलीअनुसारको काम गर्ने क्षमता हुनुपर्ने भन्दै सोच्ने बोल्ने र गर्ने शैली नमिल्दा काँग्रेसको हार भएको उनको भनाई छ।

कार्यकर्ताले नेताको मूल्यांकन गर्न नसकेको भन्दै कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्न सक्नुपर्ने बताए। ‘नेपालको राजनीति षडयन्त्रपूर्ण छ’, उनले भने, ‘२००७ सालमा जनताको इच्छा, चाहना र सम्मानको शासन हुनुपर्छ भनेर राणा शासन फालियो, जब लोकतन्त्रको युग आयो, लोकतन्त्रमाथि निरन्तर प्रहार भयो। कहिले दक्षिणपन्थी दरबाररियाबाट त कहिले बामपन्थीबाट लोकतन्त्रमाथि प्रहार भइरहेको उनले जनाए। ‘देशमा अराजनीतिक जमातको भुल्को उठेको छ, त्यो सबैबाट लोकतन्त्रमाथि निरन्तर प्रहार हुँदा नेपालको राजनीतिमा षडयन्त्रपुर्ण छ’, उनले भने। 

सरकारले जनतामा शान्ति सुरक्षा दिन नसकेको भन्दै पौडेलले देश र जनताले सुरक्षाको महशुस गर्न नसकेको बताए। नेता पौडेलले सरकारको काम गर्ने ढङ्ग नै नभएको आरोप लगाए। वाइडबडी खरिद प्रकरणमा केपी सरकार आफै अख्तियार अदालत भएको आरोप लगाउदै सरकारलाई जथाभावी बोल्ने अधिकार नभएको र यथार्थ के हो छानबिन हुनुपर्ने पौडेलको भनाई छ। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले अब भाषणले चुनाव नजितिने भन्दै राजासँग लड्न काँग्रेसलाई जति सजिलो थियो कम्युनिस्टसँग लड्न त्यति सहज नभएको प्रष्ट्याए। उनले आफ्नै साथीहरुलाई हराउने योजना बनाएर नै सीमाङकन गर्दा काँग्रेस हारेको बताए। ‘आफू र आफ्ना घरका मान्छेलाई सोचेर मनपरी टिकट वितरण गर्नु हारको अर्को कारण हो’, उनले भने। 

प्रकाशित: ८ चैत्र २०७५ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App