१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीके राउत समूहको बैठक लहानमा, सहभागी हुन नागरिकता अनिवार्य

लहान - सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक लहानमा हुने निश्चित भएको छ। गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि हुन लागेको यो पहिलो बैठक हो।

सरकारसंग भएको ११ बँुदे सहमतिलाई ऐतिहासिक ठहर गर्दै गठबन्धनले आगामी राणनीति तय गर्न परिषद् बैठक बोलाएको गठबन्धनका एक सदस्य सुदीपराज कुशवाहाले बताए। चैत ३ र ४ गत्ते लहानमा हुने परिषद् बैठकमा सहभागी हुन गठबन्धनका सदस्यहरुलाई नागरिकता अनिवार्य गरिएको छ। नेता तथा कार्यकर्ताहरुलाई नागरिकताको प्रमाण पत्र अनिवार्य लिएर आउन आग्रह गरिएको छ।

यो बैठक आकस्मिक भएकोले प्रत्येक जिल्लाबाट समिति सदस्यलाई मात्र बोलाइएको बताइएको छ। यो बैठक लगत्तै गठबन्धनको विस्तारित बैठक हुने कुशवाहाले बताए। त्यसपछि भेटघाट र छलफलको कार्यक्रमहरु अगाडि बढाउँने उनले बताए। लहानमा कहाँ र कति बजेबाट परिषद् बैठक सुरु हुनेबारे अहिले खुलाइएको छैन्। कुशवाहाले भने,‘समय र स्थानपनि विस्तारै सार्वजनिक हुनेछ।’

प्रकाशित: २ चैत्र २०७५ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App