१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लवको बन्दले जनजीवन प्रभावित

बन्दका कारण सुनसान सदरमुकाम लिवाङ बजार। तस्बिर :दिनेश नागरिक

रोल्पा - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण रोल्पाको जनजीवन प्रभाबित बनेको छ । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पूर्ण रुपले बन्द छन । शैक्षिक सस्था समेत बन्द हुदा बार्षिक परीक्षासमेत प्रभावित भएको छ। बन्दले बिद्यार्थीहरु सबै भन्दा बढी मारमा परेका छन् । बन्दका कारण रोल्पाका साना ठुला सबै बजार सुनसान  छन्।

विप्लव कार्यकर्ताहरुले बन्दको पूर्व सन्ध्यामा रोल्पा नगरपालिकाको धवाङ गाउँ र सुनिल स्मृती गाउँपालिकाको सुलिचौर बजारमा बिस्फोट गराएका थिए । सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै बिहिवारै आमहडताल सहित नेपाल बन्द घोषणा गरेको हो ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App