१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सासंद मल्ल अपहरण घटना विवादित

बझाङ - बझाङ (ख) बाट सुदुरपश्चिम प्रदेश सासंद रहेकी देवकी मल्ल(थापा)को अपहरण घटना विवादित बनेको छ। सांसद मल्लले रिहाइपछि शनिबार पत्रकार सम्मेलन गरी आफूलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेर मानसिक यातना दिएको बताएकी छिन्।तर विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्ति निकाल्दै सासंद मल्लको अपहरणमा आफ्नो पार्टीको कुनै पनि संग्लनता नरहेको बताएको छ।

सेती ब्युरो इञ्चार्ज शंकर खड्का ‘सिकन्दर’ले हस्ताक्षर गरेको विज्ञप्तिमा सांसद मल्लको अपहरणबारे आप्mनो पार्टीको गम्भीर ध्यानार्कषण भएको उल्लेख छ। उनको अपहरणमा पार्टीको कुनै योजना र संलग्नता नरहेको बताइएको छ।

दुवै विज्ञप्तिपछि सांसदको अपहरण घटना विवादमा परेको छ। मल्लले आपूmलाई विप्लवका कार्यकर्ताले जर्बजस्ती अपहरण गरी विभिन्न डर धम्की दिएको बताएकी छिन्। शुक्रबार केदारस्यु गाउँपालिका ५ वगडी (पाउटा) बाट अपहरण गरी ७ घन्टापछि रिहाइ भएकी सांसद मल्लले पत्रकार सम्मेलनमा अपहरणपछि आपूmलाई मानसिक तनाब दिएको बताइन्। ‘बाटोमा १०÷१२ जनाको समूहले काम छ भनेर लगे। आपूmसँग मोटरसाइकल चालक मात्र थिए। जान्न भन्दा नमानेपछि ३÷४ घन्टा उकालोमा हिँडाएर जंगलमा पु-याए। कुनै पनि समयमा तपाईलाई जस्तासुकै कारबाही पनि हुन सक्छ भने,’ उनले भनेकी छन्।

पत्रकार सम्मेलनमा निकै अक्रोशित देखिएकी सांसद मल्लले विप्लव समूहका कार्याकर्ताले सच्चिनुपर्ने बताएकी छिन्। ‘अहिले स्थिर सरकार छ आफना माग बार्ताबाट पनि पूरा हुन सक्छन्। देशमा दुई दशक सम्म भएको युद्घबाट जनताले सबै अधिकार पाएका छन्,’ उनले भनिन्, ‘गैरकानुनी गतिविधि तत्काल रोक्नुपर्छ।’ सांसद मल्लको अपहरण पछि जिल्लामा सरक्षा कडा पारिएको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए। अब यस्ता घटना हुन नदिन सुरक्षा निकाय चनाखो भएको र अपहरणमा संलग्नको खोजी भइरहको उनको भनाइ छ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App