काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेता भरतमोहन अधिकारीप्रति श्रद्धञ्जली व्यक्त गरेका छन्।
सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै अधिकारीको निधनले मुलुकले असल र अनुभवी राजनीतिज्ञ गुमाएको प्रतिक्रिया दिएका हुन्।
‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनैतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको छु’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: १९ फाल्गुन २०७५ ०६:५३ आइतबार