१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१२ वर्षमा के पायौं भन्ने समीक्षा गराैँ : थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षयता देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस बारेमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबले सोमबार गरेको कार्यक्रममा बोल्दै थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र त्रुटिपूर्ण भएको बताए। २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौता अपवित्र भएको पनि उनले टिप्पणी गरे।

यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी दिदै लोकतन्त्रसहितको राजसंस्थाको आवश्यकता रहेको उनको भनाइ थियो। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा राखिएको माग पूरा गर्न फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने उनको भनाइ थियो।

२२ बुँदे ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग राखिएको उनले बताए।

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App