१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जथाभावी बोल्दै हिँड्ने कोइरालालाई समेत कारबाही हुन सक्छ : देउवा

तस्बिर : रासस

पर्सा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारबाही हुने बताएका छन्। नेपाली कांग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पुर्याउने सबैलाई कारबाही हुने स्पष्ट पारे। सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने कांग्रेस नेता शेखर कोइरालालाई समेत कारबाही हुन सक्ने चेतावनी दिए।

“काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारबाही हुनेछ” सभापति देउवाले भने।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले सरकारको कमी कमजोरीका विषयमा जनतालाई जानकारी गराउँदै जनताका अधिकार रक्षाका लागि संघर्षमा होमिन कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई अपिल गरे।रासस

प्रकाशित: ८ फाल्गुन २०७५ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App