१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीएमसीलाई फर्काउने प्रयासमा छौं : मन्त्री मगर

फाइल तस्बिर

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले मेलम्चीको काम अघि बढाउन इटालियन कम्पनी सीएमसीलाई ल्याउने प्रयास भएको बताइन्। मंगलबार साँझ नागरिक न्यूजसँग टेलिफोनमा कुरा गर्दै मन्त्री मगरले सीएमसीलाई काममा फर्काउन आफू निरन्तर लागेको प्रस्ट पारिन्। 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का सीएमसीले तोडेपछि काठमाडौंमा मेलम्चीको पानी विषय अन्योलमा छ। यस अन्योललाई चिर्ने काममा आफू लागेको मन्त्री मगरले बताइन्। उनले भनिन्,‘अर्को कम्पनीलाई कामको जिम्मा लगाउँदा आयोजना ढिलाइ हुन्छ। आयोजनालाई समयमै सक्न पनि सीमसीलाई काममा फर्काउनुपर्छ भन्ने मेरो भनाइ हो।’

मेलम्ची खानेपानी विकास समितिले २४ माघमा सीएमसीलाई आधिकारिक रुपमा ठेक्का खारेजीको पत्र पठाएको थियो। ठेक्का रद्द नगर्दा सरकारले फिर्ता ल्याएको बैंक ग्यारेन्टी गुम्न सक्ने जोखिम भएकाले सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरिएको समितिले जनाएको छ।

सीएमसीलाई काममा फर्काउन समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठ र मन्त्री मगरका स्वाकीयसचिव विजयदेव भट्टराईले सिंगापुर पुगेर पहलसमेत गरेका थिए। बीचैमा काम छाडेपछि सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै सरकारले माघ ६ गते सीएमसीलाई पत्र लेखेको थियो। पत्रमा १४ दिनको म्याद दिई स्पष्टीकरण सोधेको थियो।

ठेक्का तोडेर सीएमसीले राखेको दुई अर्ब ६५ करोड धरौटी सरकारी खातामा ल्याउने बाटो सरकारले खोलिदिएको थियो। मन्त्री मगरले सचिव सरुवाको विषय आफ्नो अधिकार क्षेत्र भएको बताइन्। उनले भनिन्, ‘सचिवको सरुवालाई सीएमसीसँग जोडेर नहेरौं। यो विल्कुल मेरो कार्यकारी अधिकारक्षेत्र भित्रको विषय हो।’ 

प्रकाशित: ७ फाल्गुन २०७५ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App