१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारी गाडी जलाउनु निन्दनीय : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारी गाडी जलाउनु निन्दनीय भएकाे बताएका छन्। नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा शनिबार गाडी जलाएको विषयमा आफूलाई धेरै तिरबाट यसमा धारणा माग गरेको भन्दै थापाले आइतबार ट्विट गर्दै याे घटना निन्दनीय भएकाे बताएका हुन्।

उनले यस्तो कामलाई निरुत्साहित गर्न आफू डटेर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले लेखेका छन् 'नेविसंघको नाममा केही 'विद्यार्थीले' सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ।' किन्तु,परन्तु केही नलगाई मेरो उत्तर ; त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु।'

प्रकाशित: २० माघ २०७५ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App