२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

डा. केसीको पक्षमा समर्थन जनाउँदै प्रदर्शन

काठमाडाै - सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ल्याइएको भन्दै अनशनरत डा. गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकसहित सर्वसाधरणहरु प्रदर्शन उत्रेका छन्।

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीको मागमा समर्थन जनाउँदै चिकित्सकहरु सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

त्यस्तै डा. केसीकाे विपक्षमा समेत त्रिवि शिक्षण अस्पताल नजिक प्रदर्शन भइरहेको छ।  प्रदर्शनले त्रिवि शिक्षण अस्पतालमा तनावित बनेको छ। प्रदर्शनको शैली नियन्त्रण बाहिर जान नदिन ब्यापक मात्रमा प्रहरी परिचालन भएका छन्। 

२३ दिनदेखि डा। केसी आमरण अनशनमा छन् । उनको स्वास्थ्य अवस्था  दिन प्रति दिन नाजुक बन्दै गइरहेको छ।

प्रकाशित: १७ माघ २०७५ ०८:२३ बिहीबार

राष्ट्रिय_चिकित्सा_शिक्षा_विधेयक अनशन डा. गोविन्द_केसी प्रदर्शन