१६ चैत्र २०८० शुक्रबार
राजनीति

मनाङेले लिए प्रदेशसभा सांसदकाे सपथ (फोटो/ भिडियो)

तस्बिर : उमेश पुन

पाेखरा - मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गाेपनीयताकाे  सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।

सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्याैल रहेकाे थियाे। मनाङेले सपथका लागि गत पुस ११ गते निवेदन दिए पनि पुस २२ गते आइतबार बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेकाे थियाे।

समितिकाे बैठकमा बाेल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सपथ गराउन नसकिने बताए थिए। त्यसकाे भाेलिपल्टै मनाङेले सभामुखलाई भेटेका थिए। भेटपछि सभामुखले यसबारे पछिमात्रै निर्णय हुने बताएका थिए।

तस्बिरहरु : उमेश पुन

प्रकाशित: १४ माघ २०७५ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App