८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीकाे अवस्था जटिल, हेलिकप्टर मार्फत काठमाडाैं ल्याउने तयारी

इलाम - सत्याग्रहमा रहेका डा. गाेविन्द केसीकाे अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत काठमाडाैं ल्याउने तयारी भएकाे छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विशेषज्ञ टोलीले डा.केसीलाई काठमाडाैं लैजान सुझाव दिएकाे छ। अनसनकाे नवाैं दिनमा आइपुग्दा अवस्था जटिल बनेपछि विशेषज्ञकाे टोलीले डा.केसीलाई चाँडाे भन्दा चाँडाे काठमाडाैं लैजान सुझाव दिएकाे हाे।

विशेषज्ञकाे सुझाव बमाेजिम डा.केसीलाई विहिबार राती नै हेलिकप्टर मार्फत काठमाडाैं पठाउन लागिएकाे प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले जानकारी दिए। डा.केसीका अभियन्ता समेत रहेका डा. अभिषेक सिंहले केसीकाे मेडिकल रिपाेर्ट आउने वित्तिकै उनलाई काठमाडाैं लगिने बताए। उनले डा.केसीकाे सत्याग्रह भने जारी रहने जानकारी दिए।

प्रकाशित: ३ माघ २०७५ १५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App