coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसी भेट्न माथेमासहितको टोली इलाम आउँदै

इलाम अस्पतालमा सत्याग्रहरत डा.गोविन्द केसीलाई भेट्न काठमाडौंबाट प्रस्थान गर्न लागेको माथेमासहितको टोली । तस्बिर स्रोत : डा.अभिषेकराज सिंहको फेसबुक

इलाम– सत्याग्रहमा रहेको नवौं दिन डा.गोविन्द केसीलाई भेट्न चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमासहितको टोली बिहीबार इलाम आउँदैछ।

पूर्व प्रधानन्यायाधीय सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगाना, अभियन्ता डा.अभिषेकराज सिंहलगायत पनि टोलीमा सहभागी छन्। अपराह्न सदरमुकाम आइपुग्ने टोलीले इलाम अस्पतालमा सत्याग्रहरत डा.केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदैछन्। ‘आशा छ, हाम्रो पहलले निकास निकाल्न सहयोग पुग्नेछ र सरकारले पनि सहयोगका लागि कदम चाल्नेछ,’ अभियन्ता डा. सिंहले सामाजिक सञ्जालमा टोलीको तस्बिरसमेत राखेर लेखेका छन्। 

माथेमासहितको टोलीले अपराह्न ३ बजे डा.केसीलाई भेटेपछि पत्रकार सम्मेलन आयोजना गर्ने जनाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरी संसद्मा टेबुल भइसकेको राष्ट्रिय चिकित्सा विधेयकप्रति माथेमाको पनि असन्तुष्टि बाहिर आएको छ। डा.केसी १५औ सत्याग्रहमा रहेका बेला पूर्वप्रधानन्यायाधीश कार्की समर्थन जनाउँदै प्रदर्शनमा सहभागी भएकी थिइन्। 

डा.केसीको अवस्था चिन्ताजनक हुँदै गएपछि बुधबार चिकित्सकको विशेषज्ञ टोलीले तत्काल आइसियु (इन्टेन्सिभ केयर युनिट)मा राख्न सुझाव दिएको थियो। तर, डा.केसीले इलाम नछाड्ने अडान लिएपछि उनलाई नर्मल स्लाइन, एन्टिबायोटिक र अक्सिजन दिएर अस्पतालमा राखिएको छ।

प्रकाशित: ३ माघ २०७५ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App